logo

गुराँस लघुवित्तको साधारण शेयर बाँडफाँड

    1206   पटक पढिएको

२६ बैशाख /अर्थ र व्यापार - गुराँस लघुवित्तको साधारण शेयर बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ २३ हजार ३६३ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । कम्पनीले सर्वसाधारणमा २ लाख ३३ हजार ६२५ कित्ता निष्काशनमा ल्याएकोमा लघुवित्तको कर्मचारीतर्फको ५ कित्ता थप गरेर २ लाख ३३ हजार ६३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ३६३ आवेदकलाई बाँडफाँड गरिएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा १० बजे उक्त आईपिओ बाँडफाँड गरिएको हो ।

सर्वसाधारणमा निष्काशन गरिएको लघुवित्तको आईपिओमा कूल तीन लाख २ हजार ३८ वटा आवेदनबाट २३.८० गुणा अधिक ५५ लाख ६० हजार ३४० कित्ता आवेदन परेको थियो । जसमध्ये ६४२ वटा आवेदनबाट परेको १४ हजार ८९० कित्ताको माग आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । तीन लाख एक हजार ३९६ वटा आवेदन सदर भएको थियो । सदर आवेदनबाट ५५ लाख ४५ हजार ४५० कित्ता शेयर माग भएको थियो ।

कूल सदर आवेदकको ७.७५ आवेदकले मात्र लघुवित्तको आईपिओ पाएका हुन् । सदर आवेदकको ९२.२५ प्रतिशत अर्थात दुई लाख ७८ हजार ३३ जनाले लघुवित्तको आईपिओ भरेर पनि खाली हात परेका छन् । लघुवित्तले कूल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७० कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।