logo

५० प्रतिशत हकप्रदको अनुमति माग्दै गुराँस लाइफ इन्स्योरेन्स

    1089   पटक पढिएको

२१ भदौ / अर्थ र व्यापार – गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशन अनुरुप चुक्ता पूँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । जसका लागि इन्स्योरेन्सले नियामक निकाय धितोपत्रको बोर्डको अनुमति माग्दै निवेदन दिएको हो ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीले हकप्रद सेयर जारी गर्न लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा तीन करोड १० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ५ रुपैयाँ २६ पैसा कायम गरेको छ ।

बीमा समितिको निर्देशन अनुसार लाइफ इन्स्योरेन्स कम्पनीहरुले ०७५ अषाढसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।