१७ पुष / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका हुन्। अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका उनलाई मंगलबारदेखि प्रवक्ता नियुक्त गरिएको हो।
लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि राष्ट्र बैंकले भट्टलाई नयाँ प्रवक्ता बनाएको हो। उनी अर्थशास्त्रमा विद्यावारिधि हुन्। उनका अनुसन्धान तथा खोजका दर्जनौं प्रतिवेदनहरू प्रकाशित छन्।
तपाईको प्रतिक्रिया