logo

गुहेश्रवरी मर्चेण्टको खुद नाफा ३ करोड ३४ लाख, अघिल्लो वर्षको तुलनामा ९.६६ प्रतिशतले बढ्यो  

    1010   पटक पढिएको

७ माघ/ अर्थ र व्यापार - गुहेश्रवरी मर्चेण्ट बैंकङ्ग एण्ड फाइनान्स (GMFIL) को चालू आवको दोस्रो त्रैमासिक अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.६६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको फाइनान्सको खुद नाफा ३ करोड ३४ लाख पुगेको हो ।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा १५ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा फाइनान्सले तीन अर्ब २९ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ९० करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पुसमसान्तसम्म २३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको फाइनान्सले १६ करोड १२ लाख रुपैयाँ ब्याज खर्च गर्दा ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष फाइनान्सले खुुद ब्याज आम्दानी ५ करोड ८६ लाख रुपैयाँ थियो ।
खराब कर्जा अनुपात ०.५६ बाट ६८ प्रतिशतमा बढेपछि फाइनान्सको कर्जा नोक्सानी व्यवस्था रकम समेत अघिल्लो वर्ष यसै अवधिमा ५ लाख ६० हजार रहेकोमा एक करोड ३८ लाख रुपैयाँ पुगेको छ । जसले फाइनान्सको खुद नाफा अपेक्षित बढ्न सकेको छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।