२८ चैत्र /अर्थ र व्यापार - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बिहीबार चैत २८ गते साधारण सभा हुने भएको छ । कम्पनीको सभा होटेल पिस प्यालेस, हरिशंकर रोड बाग्लुङमा बिहान ११ बजे सुरु हुनेछ ।
बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो । ग्रीनले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।
यस्तै, सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ । साधारण सभा गर्न बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । चैत १४ गतेसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
तपाईको प्रतिक्रिया