logo

ग्रीन डेभलपमेन्ट बैंकद्वारा छैटौं वार्षिक साधारणसभा आह्वान, कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव

    1426   पटक पढिएको

७ चैत्र /अर्थ र व्यापार   - वाग्लुङ्गमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंकले चैत २८ गते आह्वान गरेको छैटौं वार्षिक साधारण सभामा बैंकले सो प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश प्रस्ताव नगरेको बैंकले तनहुँ र नवलपुर जिल्ला थप गरि पाँच जिल्ला कार्यक्षेत्र विस्तार गर्ने एजेण्डा सभामा राखेको छ ।

यसैगरि वाफिया बमोजिम बैंकको सञ्चालक पुन नियुक्ति हुन सक्ने वा नसक्ने व्यवस्था गर्ने, बैंकको प्रवबन्धपत्र तथा नियमावलीमा आवश्यक सँसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ । 

सभाले आर्थिक वर्ष २०७४र७५ को नाफा नोक्सान हिसाब, वासलात सहितको सञ्चालक समितिको प्रवेदनमाथि छलपल गरि पारित गर्नेछ भने आर्थिक वर्ष २०७५र७६ का लागि बाह्व लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण समेत गर्ने कार्यक्रम साधारण सभामा रहेको छ । बैंकले चैत २८ गते बिहीबार होटल पिस प्यालेस, बाग्लुङ्गमा छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।