१४ चैत्र /अर्थ र व्यापार - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदको लागि बुक क्लोज गर्ने मिति तोकेको छ । लघुवित्तले हकप्रद प्रयोजनको लागि चैत २९ गते बुक क्लोज गर्ने भएको हो ।
लघुवित्तको सञ्चालक समितिको चैत १४ गते बसेको १२२ औं बैठकले हकप्रद शेयर प्रयोजनको लागि चैत २९ गते बुक क्लोज गर्ने निर्णय भएको हो । लघुवित्तको असोज ५ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजी ६५ करोड ५० लाख रूपैयाँको ५० प्रतिशत अर्थात १ को अनुपात ०.५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तले ३२ करोड ७५ लाख रूपैयाँ बराबरको प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३२ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।
तपाईको प्रतिक्रिया