२७ बैशाख /अर्थ र व्यापार - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आज देखि खुला हुने भएको छ । कम्पनीको हकप्रद शेयर बिक्री वैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म बिक्रीमा रहनेछ ।
कम्पनीले एक शेयर बराबर शुन्य दशमलव पाँच शेयर (१ः०.५) को अनुपात अर्थात ५० प्रतिशत हकप्रक शेयर जारी गर्न लागेको हो । हालसम्म ६५ करोड ५० लाख चुक्ता पुँजी रहेको कम्पनीमा हकप्रदपश्चात चुक्ता पुँजी ९८ करोड २५ लाख पुग्नेछ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३३ दशमलव ४७ रुपैयाँ रहेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले १६ करोड ४४ लाख १७ हजार नाफा गरेको छ ।
तपाईको प्रतिक्रिया