१४ माघ /अर्थ र व्यापार - बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७४र७५ मा मर्जरको बेला कायम रहेको सञ्चित नोक्सानीको अंश पूरा नभएकाले लाभांश नदिने भएको हो । कम्पनीले बिना लाभांश शनिबार चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
नेपाल सरकार, नेपाल राष्ट्र र सर्वसाधारणको समेतको लगानी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शनिबार चौथो वाषिर्क साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाले २०७४र७५ को आषाढ मसान्तसम्म १६ करोड ३ लाख १० हजार खुद नाफा आर्जन गरेको छ । कम्पनीले देशका ५७ जिल्लामा १८८ वटा इलाका र शाखा कार्यालय मार्फत लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पुर्याउँदै आएको छ ।
तपाईको प्रतिक्रिया