logo

गोर्खाज फाइनान्सको नाफा ६ करोड माथि, खराब कर्जा घट्यो

    1333   पटक पढिएको

 २१ माघ / अर्थ र व्यापार - गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा ६ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा करिब तीन लाख रुपैयाँले बढी हो । गत वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा संस्थाले ६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो ।

पुस मसान्तसम्ममा संस्थाले ६ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, गत आवको दोश्रो त्रैमासमा ५ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको संस्थाले चालु आवको सो अवधिसम्म ५ अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

संस्थाको कर्जा निक्षेप अुनपात (सीडी रेसियो) बढेर ७६.८३ प्रतिशत पुगेको छ । जुन गत आवको ६ महिनामा ६९.५३ प्रतिशत रहेको थियो । क्यापिटल एडिक्वेसी १६.८२ प्रतिशत छ । त्यस्तै, फाइनान्सको खराब कर्जा(एनपीएल) ४.३२ प्रतिशतबाट ४.२६ प्रतिशतमा झरेको छ । जुन घट्नु फाइनान्सको लागि राम्रो हो ।

यस फाइनान्सको प्रतिसेयर आम्दानी १४.११ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ बढेर १६७ रुपैयाँ पुगेको छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६९ रुपैयाँ छ । वित्तीय परिसूचकहरु समग्रमा राम्रै देखिए पनि बजारमा यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ मात्र छ ।

संस्थाको आधार दर(बेस रेस) घटेर १२.७६ प्रतिशतमा झरेको छ । जुन २०७५ पुस मसान्तमा १२.९९ प्रतिशतमा थियो । त्यस्तै, गत आवको सोही अवधिमा ४.९३ प्रतिशत रहेको संस्थाको स्प्रेड दर बढेर ५.७८ प्रतिशत पुगेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।