३१ जेठ / अर्थ र व्यापार - असार १८ गतेबाट गुडविल फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार १ गतेसम्म कायम भएका शेयरधनीका लागि १० बराबर ६ को अनुपातमा शेयर दिने छ ।
कम्पनीको शेयर भोलिसम्म कायम शेयरधनीले भर्न पाउने छन्। फाईनान्सको हालको चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ छ ।
फाइनान्सका शेयरधनीले एनआइविएल क्यापिटल लाजिम्पाट, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकका वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इ्बिएल क्यापिटल मार्केट रहेको छ । फाइनान्सको हकप्रद भर्ने अन्तिम मिति साउन २२ गतेसम्म छ । हकप्रद निष्कासनपछि चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्ने छ ।
तपाईको प्रतिक्रिया