२२ पुष / अर्थ र व्यापार - नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक रहेको एनआईबिएल म्युचुअल फण्डको खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” काइकाईहरुको खरिद बिक्रीलाई सहजीकरण गर्न दुई कम्पनी नियुक्त भएका छन्।
एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजनाको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको हो।
सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा, गुडविल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलप्रसाद गुरुङ्गले हस्ताक्षर गरेका छन्।
माघ १ गतेदेखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन्।
तपाईको प्रतिक्रिया