१८ असार / अर्थ र व्यापार – गुडविल फाइनान्सले पनि आजबाट हकप्रद बिक्री खुल्ला गरेको छ । फाइनान्सले असार १ गतेसम्म कायम भएका शेयरधनीका लागि १० शेयर बराबर नयाँ ६ शेयरको अनुपात हकप्रद निष्कासन गरेको छ ।
शेयरधनीले एनआइविएल क्यापिटल, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्टका कार्यालयहरु वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढीबाट आवेदन दिन सक्ने छ । फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इ्बिएल क्यापिटल मार्केट रहेको छ ।
फाइनान्सको हकप्रद भर्ने अन्तिम मिति साउन २२ गतसम्म रहेको छ । फाइनान्सले हकप्रद निष्कासन गरेपछि चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्ने छ ।
तपाईको प्रतिक्रिया