२९ कार्तिक / अर्थ र व्यापार - काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्रर्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकल वित्तशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाएको हो ।
यस व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै, विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाता खोलि इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने उक्त खाता मार्फत सजिल्यैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिने बैंकले जनाएको छ । हालसम्म बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया