१९ असोज/अर्थ र व्यापार– ग्लोबल आइएमइ बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२५ पुगेको छ ।
शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमइ बैंकले देशैभरका २५९ शाखा, २३४ एटिएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २२५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधी सम्पर्क कार्यालयद्धारा सेवा दिदै आएको छ ।
तपाईको प्रतिक्रिया