९ माघ / अर्थ र व्यापार - ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्म आइपुग्दा आकर्षक नाफामा वृद्धि गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्तले ७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ३ सय प्रतिशतले बढी हो ।
यस अवधिसम्म लघुवित्तले १४ करोड ३७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १८ लाख रुपैयाँ खु्द व्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद व्याज आम्दानी १ सय ७७ प्रतिशतले बढी हो ।
त्यस्तै, सञ्चालन नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२५ प्रतिशतले बढी हो ।
प्रतिसेयर आम्दानी २५ रुपैयाँ १५ पैसाले बढेर ६० रुपैयाँ ६५ पैसा पुगेको छ । प्रति शेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ९८ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया