२५ असार अर्थ र व्यापार - ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज साउन १ गते बन्द गर्ने भएको छ । छैटौं वार्षिक साधारण सभाबाट यस संस्थाका शेयरधनीहरुमा १ बराबर १ अर्थात शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव भएको थियो ।
उक्त प्रस्ताव प्रयोजनका लागि असार ८ गते बसेको संचालक समितिको बैंठकबाट बुक क्लोजको मिति तय गरेको हो । उक्त हकप्रद शेयर असार ३१ गतेसम्म कायम शेयरधनीले मात्रै भर्न पाउने छन् ।
तपाईको प्रतिक्रिया