५ असोज / अर्थ र व्यापार – ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीलाई १६ दशमलब ३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव राखेको छ ।
उक्त सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी असोज २७ गते कम्पनीको १०औँ वार्षिक साधारणसभा बोलाएको छ । साथै, कम्पनीले आफ्नो चुक्ता पूँजी बढाई ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
तपाईको प्रतिक्रिया