१० साउन / अर्थ र व्यापार – ग्लोबल आइएमइ क्यापिटलले नयाँ हितग्राही खाता (डिम्याट) खोल्नेको सामूहिक व्यक्तिगत दूर्घटना बीमा प्रदान गर्ने भएको छ । कम्पनीले खाता हुनेहरुको एक लाख रुपैयाँसम्मको दूर्घटना बीमा गरिदिने भएको हो ।
साउन ८ गतेदेखि लागू हुने यो स्किममा भाग लिन ग्लोबल आइएमइ क्यापिटल र ग्लोबल आइएमइ बैंकका शाखाहरुमा डिम्याट खाता खोल्नु पर्छ । साउन ८ देखि खोलिने नयाँ खातासँगै साउन ३१ गतेसम्म नवीकरण भएका खातावालाहरुको दूर्घटना बीमा हुनेछ । कम्पनीले एक अर्ब रुपैयाँको कोष व्यवस्थापन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया