२८ भदौ / अर्थ र व्यापार – ग्लोबल आइएमइ बैंकले २० प्रतिशत लाभांशको घोषणा गरेको छ । बैंकको आज बसेको संचालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । अघिल्लो वर्ष बैंकले १६ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र ११ औ साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी आठ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
तपाईको प्रतिक्रिया