२५ मंसिर/ अर्थ र व्यापार - ग्लोबल आइएमई बैंकले एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले साढे १० प्रतिशतको दरमा ग्लोबल आइएमई डिवेन्चर २०८० को सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले सर्वसाधारणको लागि प्रतिशत कित्ता एक हजार रुपैयाँको दरमा तीन लाख कित्ता निष्काशन गर्ने भएको हो । बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकको लागि एनआइविएल एस क्यापिटललाई नियुक्त गरेको छ । यो ऋणपत्र ५ वर्षको अवधिको छ बैंकले यस अगाडी १० प्रतिशतको व्याजदरमा ४० करोड रुपैयाँको ’ग्लोबल आइएमई बण्ड २०७६’ निष्काशन गरेको थियो ।
तपाईको प्रतिक्रिया