logo

नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा ग्लोबल आइएमई बैकद्वारा वितरण

    1392   पटक पढिएको

१८ चैत्र /अर्थ र व्यापार - ग्लोबल आइएमई बैक लिमिटेडद्वारा ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जाप्रवाह गरिएको छ । यसै सन्दर्भमा बैंकको त्रिशुली शाखा, नुवाकोटवाट एक समारोहका बीच विभिन्न ६ जना भूकम्प पिडित व्यक्तिहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जावितरण गरे । सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जार महिला उद्यमशिल कर्जा वितरण गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्नेर सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने बताएका छन् । घरनबनाएका लाभग्राहीहरुले आर्थिक अवस्थाको कारण घरनबनाएको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घरभएर नबनाएको हो भने लाभग्राही सूचिबाट हटाउने बताए ।

ग्लोबल आइएमइ बैंकले भूकम्प पिडितहरुको निम्ति निजी आवास निर्माण कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, महिला उद्यमशिल कर्जा, व्याज अनुदान सहितको अन्य सहुलियतपूर्ण कर्जा दिंदै आएको जानकारी दिँदैकर्जा लिनु मात्र उपलब्धी नभइ सहि ठाउँमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सम्बन्धित ग्राहकहरुलाई बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।