logo

पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब बढी

    1524   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको नाफा ४० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । 

बिहीवार सार्वजनिक गरेको बैंकको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४० दशमलव ५८ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ७५ करोड ३१ लाख नाफा गरेकोमा चालू आवमा वृद्धि भएर रू.१ अर्ब ५ करोड ८८ लाख पुगेको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब ९७ करोड ५८ लाख रहेको उक्त कम्पनीले जगेडा कोषमा रू.९ अर्ब २६ करोड ७१ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ८४ करोड ४७ लाख र शेयर प्रिमियममा ५३ लाख ९३ हजार सञ्चित गरेको छ ।

चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ खर्ब २४ अर्ब २३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ९२ अर्ब ९५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । 

कम्पनीको वितरण योग्य नाफा रू. २२ करोड ६१ लाख रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २२ दशमलव ३२, मूल्य आम्दानी अनुपात १२ दशमलव १९, तरलता अनुपात २७ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५८ दशमलव ५९ रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।