२८ माघ / अर्थ र व्यापार - ग्लोबल आईएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि ५ लाख सहयोग गरेको छ । बैंकका इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमवार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
क्याम्पस प्रमुख निरौलाले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोप्रति आभार व्यक्त गरे ।
तपाईको प्रतिक्रिया