६ पुस/अर्थ र व्यापार– ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४१ पुगेको छ ।
बैंकले बर्दियाको राजापुर नगरपलिका वडा नं. ४, राजापुर र बागलुङको लेखनीमा गरी थप २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएसंगै यो संख्या २४१ पुगेको हो ।
राजापुरको शाखारहित सेवाको लागि संस्थागत प्रतिनिधिको रुपमा पौडेल ट्रेडर्सलाई नियूक्त गरिएको छ ।बागलुङको लेखनीमा खोलिएको शाखारहित सेवाकोे प्रतिनिधिका रुपमा योगनाथ कंडेललाई नियूक्त गरिएको छ ।
बैंकको यस शाखारहित बैंकिङ सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, टेलिकमको महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
बैंकका देशभर २६४ शाखा सञ्जाल, २३९ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २४१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालय संचालनमा छन् ।
तपाईको प्रतिक्रिया