२३ पुस/अर्थ र व्यापार– ग्लोबल आइएमई बैंकले बैंकको ‘मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट’ सेवामा क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
बैंकको १४ औं वार्षिक उत्सवको अवसरमा बैंकले मोबाइल बैकिङ्ग तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो ।
बैंकको मोबाइल बैकिङ्ग र ग्लोबल स्मार्ट सेवा लिएका तर अहिलेसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्मार्टको प्रयोग गरी प्रथम पटकको कारोबारमा ५० र क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० नगद पाउने छन् ।
यो योजना वालेट लोड तथा मोबाइल टपअप बाहेकका अन्य कारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखेर यो योजना ल्याइएको जनाएको छ ।
तपाईको प्रतिक्रिया