७ मंसिर / अर्थ र व्यापार- ग्लोबल आइएमई बैंक लि. र बयोधा अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।
सम्झौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे । उक्त सम्झौतापश्चात बयोधा अस्पताल,बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशत सम्म छुट पाउने बैंकले विज्ञप्तीमा जनाएको छ ।
तपाईको प्रतिक्रिया