१८ मंसिर /अर्थ र व्यापार - ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
तपाईको प्रतिक्रिया