logo

चेपाङ गाँउमा घुम्ती बैंकको स्थापना हुँदै

    1573   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – चेपाङ गाउँमा घुम्ती बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ । आगामी वर्षका लागि रु ३७ करोड ५८ लाख ५० हजारको बजेट प्रस्तुत गरेको नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैंक प्रणालीबाट सहज रुपमा सो रकम उपलब्ध गराउने योजना ल्याएको छ ।

ज्येष्ठ नागरिक, असहाय, वृद्धलाई दिइने भत्ता वितरण जुटपानी र पदमपुर क्षेत्रलगायत बैंकको पहुँच भएको ठाउँमा बैंकबाटै रकम उपलब्ध गराइने तर शक्तिखोर तथा सिद्धिमा बैंकको पहुँच नभएको चेपाङ गाउँमा भने घुम्ती बैंक सञ्चालन गरिने छ । यस नगरभित्र कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिई कार्य थालनी गरिने छ । आधुनिक कृषि प्रणालीमार्फत खेती गर्न किसानलाई प्रेरित गर्ने खालका कार्यक्रम ल्याइने छ ।

चितवनको जुटपानी, शक्तिखोर, सिद्धि र पदमपुर गाविस मिलाई कालिका नगरपालिका स्थापना भएको हो । नगरपालिकाले आगामी वर्ष आम्दानीतर्फ वित्तीय हस्तान्तरणबाट रु ३४ करोड ८८ लाख ५० हजार र आन्तरिकतर्फ एकीकृत सम्पत्ति कर तथा अन्य कर दस्तुरबाट आम्दानी हुने अनुमान सहित बजेट प्रस्तुत गरेको छ ।

पर्यटकीय सम्भावना बोकेको चित्राम झरना, सिन्थी झरना, पोखरी र खोलालाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ । युवा, वृद्ध, महिला, बालबालिका तथा सबै जात जातिलाई समेट्दै बहुजातीय सङ्ग्रहालय बनाइने कार्यक्रममा उल्लेख छ । 

बढ्दै गएको जग्गा प्लटिङ्गलाई तत्काल रोक लगाई मापदण्ड तयार गरी लागू भएपछि मात्र जग्गा प्लटिङ्ग गर्न पाइने व्यवस्था गरिएको छ । यसै नगरपालिकाको शक्तिखोर क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्रको व्यवस्थापन र निर्माणमा समन्वयका लागि नगरपालिका लागिपरेको छ । टाँडी–जुटपानी हुँदै शक्तिखोरबाट हुग्दी सडक निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।