२४ असार / अर्थ र व्यापार - घोडीघोडा लघुवित्तद्वारा निष्काशीत प्राथमिक शेयर आजदेखि निष्काशन बन्द हुने भएको छ । आइपिओ निष्काशन गरेको तीन दिनमा ३० गुणा बढि आवेदन परेको छ । दुई लाख १३ हजार आवेदकबाट ३७ लाख ५१ हजार कित्ताको लागि आवेदन परेको हो ।
संस्थाले सर्वसाधारण समुह तर्फको एक लाख ३२ हजार कित्तामध्ये एक हजार ३८० कित्ता कर्मचारीहरुको लागि, ६ हजार ६३० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गर्दै बाँकी एक लाख २४ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
आवेदनको लागि आस्वा सुविधा प्रदान सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट अनलाइन आवेदन दिन सकिने छ । प्राथमिक शेयर निष्काशनपछि चुक्ता पूँजी दुई करोड ७६ लाख रुपैयाँ पुग्नेछ । जसमा संस्थापक शेयर पूँजी ५२ प्रतिशत र सर्वसाधारण शेयर पूँजी ४८ प्रतिशत कायम हुनेछ ।
तपाईको प्रतिक्रिया