२० असार / अर्थ र व्यापार - घोडाघोडी लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि निष्काशन बिक्री खुला गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ निष्काशन गरेको हो ।
उक्त आईपीओ छिटोमा असार २५ र ढिलोमा साउन १९ गतेसम्म बिक्रीमा रहनेछ । आवेदकले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था छ ।
१ करोड ४३ लाख ६५ हजार चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बाँडफाँडपश्चात २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया