२० भदौ / अर्थ र व्यापार – सिटिजन्स बैंकले दशै अगाडि नै गत आर्थिकबर्षको लाभांश वितरण गर्ने भएका छन । जसका लागि बैंकले साधारणसभा आह्वान गरेका छन् । सिटिजन्सले असोज ९ गते साधारणसभा डाकेका छन् ।
सिटिजन्स बैंकले असोज ९ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश समेत वितरण गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनका लागि भदौ १२ देखि १६ गतेसम्म सेयरधनी किताब बन्द गरेको थियो । भदौ ११ गतेसम्म कायम रहेका बैंकका सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन योग्य हुनेछन ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । हाल सिटिजन्स् बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी आठ अर्ब दुई करोड पुग्नेछ ।
तपाईको प्रतिक्रिया