logo

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आइपीओ आजदेखि बिक्री खुला 

    1148   पटक पढिएको


११ असोज/अर्थ र व्यापार– जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिसेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ।

३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागी छुट्याइएको छ भने बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 
असोज ११ गते (आज) देखि आइपीओ निष्कासन गरेको कम्पनीको आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आइपिओमा लगानीकर्ताले छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदकहरुले आस्वा सुविधा लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पुँजी २ अर्ब र जारी पुँजी एक अर्ब छ । कम्पनीले ७० प्रतिशत संस्थापकतर्फबाट सेयर कायम गरी चुक्ता पुँजी ७० करोड कायम गरेको छ । सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नेछ । 

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो ।

सेयर निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल छ । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।