logo

गरिमा विकास बैंकको नाफा बढ्यो 

    1146   पटक पढिएको

२६ माघ / अर्थ र व्यापार - आर्थिक वर्ष ०७६र७७ दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले २९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।

३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६२ करोड ७४ लाख संचिती रहेको छ । ६ महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा २१ करोड ४७ लाख रुपैयाँ छ ।

चालु आवको पुससम्ममा बैंकमा ३३ अर्ब ७३ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ३३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी ८० करोड ६२ लाख रुपैयाँ कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी ६७ पैसाले घटेर २०.०७ रुपैयाँ कायम भएको छ । बैंकको खराव कर्जा ०.३९ प्रतिशत छ । बैंकको मूल्य आम्दानी अनुपात ११.२६ गुणा, प्रति शेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।