logo

गरिमा विकास बैंकको साधारणसभा मंसिर २७ मा

    1182   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार - गरिमा विकास बैंक कुनै उपयुक्त बैंकसँग मर्जरमा जाने भएको छ । आगामी साधारणसभामा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित भएपछि यो प्रक्रियाको बाटो खुल्नेछ ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले मंसिर २७ गते १३ औं वार्षिक साधारणसभा गर्ने मिति टुंगो गरेको छ। पूर्व घोषित १६.१५ प्रतिशत नगद लाभांस साधारणसभामा पेश हुने छ। बैंकले अधिकृत पूँजी बढाएर ५ अर्ब रुपैयाँ र्पुयाउने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ। बैंकको हालको पूँजी दुई अर्ब ७८ करोड रुपैयाँ छ। ४५ करोड रुपैयाँ बोनस शेयर दिएर बैंकले चुक्ता पूँजी तीन अर्ब २३ करोड रुपैयाँ र्पुयाउने छ ।

साधारणसभामा अन्य कुनै बैंकसँग गाभ्नेरगाभिने प्रयोजनका लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिने भएको छ। बोनस शेयर वितरणपछि कायम हुने फ्र्याक्सन शेयरलाई यथावत राख्ने जनाइएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ देखि २७ गतेसम्म बुक क्लोज गर्नेछ। पुस १२ गतेसम्म शेयर खरिद गर्नेले बोनस शेयर प्राप्त गर्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।