१२ साउन / अर्थ र व्यापार – गरिमा विकास बैंकको नाफा ५३ दशमलब १५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा आफ्नो नाफा ११ करोड ८९ लाखले बढाएर ३४ करोड २६ लाख पुर्याएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा जम्मा २२ करोड ३७ लाख नाफा कमाउन सफल भएको थियो ।
२ अर्ब २० करोड चुक्ता पुँजी रहेको गरिमाको जगेडा कोषमा ६२ करोड रुपैंयाँ रहेको छ । बैंकले १४ अर्ब ५१ करोड निक्षेप संकलन गरेर १२ अर्ब ९९ करोड कर्जा लगानी गरेको छ । खराब कर्जा शुन्य दशमलब २४ प्रतिशत मात्रै रहेको बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ५५ पैसा छ । त्यस्तै, प्रति सेयर नेटवर्थ १२८ रुपैंयाँ ३८ पैसा रहेको छ ।
तपाईको प्रतिक्रिया