logo

गरिमा विकास बैंकद्वारा वित्तिय विवरण सार्वजनिक

    1318   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार- गरिमा विकास बैंकले नाफा वृद्धि सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको तेस्रोे त्रैमासमा २८ करोड १५ लाख ६४ हजार कमाएको बैंकले यो वर्ष ४२ करोड ३७ लाख ९६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको हो । पूँजी कोष अनुपात २० बाट १५ प्रतिशतमा संकुचन आउनु बाहेक बैंकको पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा परिचालन, खराब कर्जा लगायतका अधिकांश सूचकमा गरेको सुधारले बैंकको प्रगतिको संकेत गर्दछ । 

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ३९ प्रतिशत, निक्षेप ६२, कर्जा लगानी ५२, र खुद नाफा ४१ प्रतिशत धेरैले सुधारिएको छ । यस अवधिमा बैंकको पूँजी २ अर्ब ७८ करोड ८३ लाख र जगेडा कोष ७९ करोड ६८ लाख पुगेको छ । यस अवधिमा बैंकले निक्षेप संकलन १८ अर्ब ६३ करोडबाट बढाएर ३० अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा परिचालन पनि १७ अर्ब १० करोडबाट २६ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।
व्यवसायमा बिस्तार गरेसँगै समीक्षा अवधिमा बैंकले ६९ करोड ९६ लाख खुद व्याज आम्दानीलाई बढाएर ९९ करोड ९ लाख पुर्याएको छ । कर्जा लगानीमा आएको वृद्धिले खुद ब्याज आम्दानी ९९ करोड ९ लाख पुग्दा प्रतिशेयर आम्दानी ३३ प्रतिशतले बढको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा १४ रुपैयाँ ८१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसा र खराब कर्जा पनि ०.७८ बाट ०.२६ प्रतिशतमा सुधार भएको छ । यस्तै प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा, र मूल्य आम्दानी अनुपात ९.६२ गूणा र बैंकको लगानीको प्रतिफल १७.८७ प्रतिशत छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।