२० असोज/अर्थ र व्यापार– गरिमा विकास बैंकले सर्लाहीको मलंगवामा रहेको सहारा विकास बैंक प्राप्ति गर्ने भएको छ ।
गरिमा विकास बैंकले सहारालाई प्राप्ति गर्ने सम्झौंतापत्रमा हस्ताक्षर भएको छ ।
गरिमा विकास बैंकको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चूक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ रहेको छ । भने सहाराको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ छ ।
गरिमाको सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहाराले सर्लाहीमा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिएको छ । प्राप्ति गर्ने प्रक्रिया वैशाख १ गतेभित्र सक्ने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया