logo

गण्डकी विकास बैंकको वित्तिय विवरण सार्वजनिक ,खुद नाफा बढाउदा जगेडा कोषको आकार घट्यो 

    1186   पटक पढिएको

२३ माघ /अर्थ र व्यापार - गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढाएको छ । तर बैंकको जगेडा कोषको आकार भने गत पुस मसान्तको तुलनामा घटेको वित्तीय विवरण सार्वजनिक भएको छ ।

बैंकले चालू आवको ६ महिना अवधिमा २६ करोड ५२ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २९.६९ प्रतिशत अर्थात ६ करोड ७ लाख रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले २० करोड ४५ लाख खुद नाफा आर्जन गरेको थियो । उता बैंकको जगेडा कोषको आकार भने कमजोर बनेको छ । गत आवको पुस मसान्तमा बैंकको जगेडा कोषमा एक अर्ब १३ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेकोमा २२.४२ प्रतिशतले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८८ करोड ३० लाख रुपैयाँ मात्र सञ्चित छ ।

समीक्षा अवधिमा बैंकले चुक्ता पूँजी ४९.१४ प्रतिशतले बढाएको छ भने निक्षेप संकलन र कर्जा परिचालन पनि ३० प्रतिशत बढीले विस्तार गरेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाखबाट २ अर्ब ७५ करोड पुगेको छ । यस्तै बैंकले निक्षेप संकलन ३१.४६ प्रतिशतले बढाएर २६ अर्ब १९ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा लगानीतर्फ ३३.१६ प्रतिशतले कर्जा विस्तार गर्दै २३ अर्ब ३८ करोड ५४ लाख बराबरको रकम परिचालन गरको छ । यस अवधिमा बैंकले एक अर्ब ६० करोड २० लाख ब्याज आम्दानी र एक अर्ब ४ करोड ७७ लाख ब्याज खर्च गरी ५५ करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २२.१५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ४५ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात ०.८८ बाट घटेर ०.४१ प्रतिशतमा झरेको छ । पूँजी वृद्धिको चापले बैंकको प्रतिशेयर आम्दानी घटेको छ । गत पुसमा २२ रुपैयाँ १८ पैसा रहेको बैंकको इपिएस १९ रुपैयाँ २९ पैसामा सीमित भएको हो । यस्तै बैंकको आधार दर ११.८६ बाट ११.७६ प्रतिशतमा घटेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ पनि १६१ रुपैयाँ ७३ पैसाबाट १३२ रुपैयाँ ११ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.०२ गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।