logo

गण्डकी विकास बैंकको बार्षिक साधरणसभा आह्वान, मर्जरमा जाने संकेत 

    1041   पटक पढिएको

४ पुस /अर्थ र व्यापार - देशमा विद्यमान वित्तीय चुनौतीहरुलाई सामाना गर्न नसक्दा ठूला विकास बैंकहरु वाणिज्य बैंकमा विलिन हुने क्रम जारी नै रहेको छ भने वाणिज्य बैंकहरु पनि मर्जर प्राप्तीलाई खुला राखेर साधारण सभाबाट प्रस्ताव पारित गराउने क्रम बढ्दो छ ।

यसै क्रममा गण्डकी विकास बैंकले मर्जर तथा एक्विजिसनमा जाने संकेत सहित एघारौँ वार्षिक साधारण सभाको आह्वान गरेको छ । सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ । 

यसैगरि सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ । बैंकले चुक्ता पूँजी २ अर्ब ७५ करोडको १४.२० प्रतिशतले हुन आउने ३८ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

जसअनुसार पुस १० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नेछन् ।
बैंकको एघारौँ वार्षिक साधारण सभा पुस २६ गते बिहीबार बिहान ९ बजे माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरामा हुने जनाएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।