१ मंसिर / अर्थ र व्यापार - काठमाडौं। गण्डकी विकास बैंकले बिराटनगरमा शाखा खोलेको छ । शाखाको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उद्घाटन गरे । बैंकका अध्यक्ष जगन बहादुर गुरुङले गण्डकी विकास बैँकले शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लैजाने र र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विशेष जोड दिने बताए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा जानकारी दिएका थिए । शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको बैंकले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ । बैंकले छिट्टै नै काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखज्ञज्ञाको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी गरेको पनि बिज्ञप्तीमापर्mत उल्लेख छ । बैंकले आ.व. २०७३्७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गरेको सोही अवधिसम्म निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ, कर्जा १६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको जनाएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।
बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी दोहोरिएका शाखा मर्ज पश्चात ५३ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा दिँदै आइरहेको छ । बैंकका अनुसार यसले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया