९ असोज / अर्थ र व्यापार – गण्डकी विकास बैंक लि. ’वेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड वाट सम्मानित भएको छ । न्यू विजिनेश एज प्रा.लि द्घारा आयोजित चौथो न्यू बिज कनक्लेभ एण्ड अवार्ड २०१७ मा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो । उक्त अवार्ड वैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले ग्रहण गरे ।
ब्बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५५ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ । बैंकले विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा आश्वा, एबिबिएस, एटिएम, एसएमएस, मोबाईल बैकिङ्ग, रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको छ ।
यस अघि सविकको फेवा फाइनान्स लिं (हाल गण्डकी विकास वैकमा गाभिएको) पनि वेष्ट म्यानेज्ड फाइनान्स अवार्ड २०१३ वाट सम्मानित भएको थियो । गण्डकी विकास वैकमा गाभिएका सविकका फेवा फाइनान्स लिं ,विश्व विकास वैक लि. र गण्डकी विकास वैक लि. उत्कृष्ट वित्तीय संस्थाको रुपमा स्थापित थिए ।
तपाईको प्रतिक्रिया