logo

आज पोखरा फाइनान्सको एफपिओ बाँडफाँड हुँदै

    1303   पटक पढिएको

२९  भदौ / अर्थ र व्यापार – पोखरा फाइनान्सले निष्काशन गरेको एफपिओ बिहीबार बाँडफाँड हुँदैछ ।  बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलकै कार्यालय लाजिम्पाटमा साढे १० बजेपछि बाँडफाँड गर्न लागिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बिहीबार एफपीओ बाँडफाँड गर्न लागिएको हो ।

फाइनान्सले गत साउन २९ गतेदेखि भदौ १ गतेसम्म ९ लाख ८३ हजार ६८२ कित्ता थप नयाँ साधारण सेयर निष्काशन गरेको थियो । फाइनान्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी २२० का दरले ९करोड ८३ लाख ६८ हजार दुई सय रुपैयाँको बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेको थियो ।

कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न एफपिओ जारी गरेको हो । फाइनान्सले ९ लाख ८३ हजार ६८२ कित्ता एफपिओ निष्कासन गरेकोमा प्रारम्भिक तथ्याङ्क अनुसार करिब ५० हजार हाराहारी आवेदक पुगेका छन् । यसआधारमा पोखरा फाइनान्सको एफपिओमा सबै आवेदकले न्यूनतम १० कित्ता सेयर पाउने निश्चित छ ।

सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गर्दा ५ लाख कित्ता सेयर सकिन्छ । सबैलाई १० कित्ता सेयर बाँडफँड गरिसकेपछि २० कित्ता वा सो भन्दा बढी आवेदन गर्ने आवेदकलाई थप १० कित्ता सेयर वितरण गरिनेछ । थप १० कित्ता शेयर वितरण गर्दा पनि माग गरेका सेयर रहेमा गोलाप्रथाबाट वितरण गरिनेछ ।

न्यूनतम १० कित्ता सेयर आवेदन गर्न पाइने भएकाले यदि १० कित्ता सेयर माग गर्नेहरूको संख्या अधिक भएमा २० कित्ता वा त्यो भन्दा बढी सेयर माग गर्नेको भागमा २० देखि ४० कित्तासम्म सेयर पर्न सक्छ । एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको थियो ।

हाल फाइनान्सको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । एफपिओ बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ६५ करोड ५७ लाख पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा कायम गरेको छ । समग्र सेयर बजार घटेसँगै फाइनान्सको सेयरमूल्य भने झण्डै एफपिओको मूल्य हाराहारी २३६ रूपैयाँ बुधबार कारोबार बन्द भएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।