३० भदौ / अर्थ र व्यापार – नेपाल हाइड्रो डेभलपर कम्पनीको आइपिओ बाँडफाँड भएको छ । कुल एक लाख ७१ हजार ५९२ जनाले रितपूर्वक आवेदन दिएकोमा ३६ हजार २७० जनाले मात्रै सेयर पाएको छ । नेपाल हाइड्रो डेभलपर कम्पनीको बिक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ ।
बाँकीको हात रित्तै भएको छ । सबैलाई १० कित्ता पनि दिन नपुग्ने भएपछि गोलाप्रथा गर्दा धेरैको हात रित्तो भएको हो। पाउनेहरुले १० कित्ताका दरले पाएका छन् । कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्याएर कुल ३ लाख ६२ हजार ७ सय कित्ता सेयरको बिक्री खुलाइएको थियो । कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया