१३ माघ / अर्थ र व्यापार - माघ १३ गते सम्म ४ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंक रहेका छन्।
चार वाणिज्य बैंक मध्ये एनआईसी एसिया बैंकले खुद नाफा ३३ दशमलव ४० प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने सानिमा बैंकले खुद नाफा १६ दशमलव ८४ प्रतिशत वृद्धि गर्न सफल भएको छ। एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद मुनाफा गरेको छ भने सानिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको छ
सिद्धार्थ बैंक र सिटिजन्स बैंकको खुद मुनाफा भने घटेको छ। सिद्धार्थ बैंकको खुद मुनाफा ४ दशमलव ०१ प्रतिशतले घट्दै १ अर्ब २ करोड पुगेको छ भने सिटिजन्स बैंकको खुद मुनाफा १० दशमलव ७३ प्रतिशतले घट्दै ६८ करोड ७७ लाख पुगेको छ।
त्यस्तै एनआईसी एसिया बैंक र सानिमा बैंकको प्रति शेयर आम्दानी क्रमश:२१ दशमलव २७ र ६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ भने सिटिजन्स बैंक र सिद्धार्थ बैंकको प्रति शेयर आम्दानी क्रमश: १३ दशमलव ३३ र १२ दशमलव ८४ प्रतिशतले घटेको छ।
तपाईको प्रतिक्रिया