२ कात्तिक/अर्थर व्यापार– नर्थ समिट हाइड्रो प्रालिले निर्माण गरिरहेको न्यादी फिदी जलविद्युत आयोजनामा ४ बैंकले लगानी गर्ने भएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो
आयोजनाका प्रबन्ध निर्देशक बालेन्द्र क्षेत्रीले लगानी सम्झौतापछि आयोजनामा बैंकहरुको तर्फबाट हुने ऋण लगानी ७५ प्रतिशत पुगेको र शेयरधनीहरुको तर्फबाट २५ प्रतिशत शेयर लगानी हुने जानकारी दिए ।
सम्झौतापछि बैंक र सर्वसाधारणको गरी आयोजनाको कुल लगानी ४ अर्ब ११ करोड रुपैंयाँ पुगेको छ ।
तीन वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको लागि पहुँच मार्ग निर्माणको काम गत वर्षदेखि सुरु भईसकेको छ ।
तपाईको प्रतिक्रिया