२३ माघ / अर्थ र व्यापार - लक्ष्मी बैंकको अध्यक्षमा पूर्वपर्यटन सचिव सुशील घिमिरे नियुक्त भएका छन्।
घिमिरेले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो।
सपथ कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह लगायतको उपस्थिति थियो।
तपाईको प्रतिक्रिया