१७ मंसिर / अर्थ र व्यापार - सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी चयन भएका छन्। सहसचिव अधिकारी असोज २० गते सेवाबाट अवकाश पाएका थिए।
उनी अर्थमन्त्रालयमा रहँदा त्यही बैंकका संचालक समिति सदस्य थिए। उनी अवकाश पाएपछि अर्थले संचालकमा नियुक्ति गरेको थियो। बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन(वाफिया) अनुसार सरकारले संचालक समिति चयन गर्न सक्छ।
त्यही प्रावधान अनुसार मन्त्रिस्तरीय निर्णय अनुसार अधिकारीलाई संचालक नियुक्त गरिएको थियो। बैंकको संचालक समितिको बैठकबाट अधिकारी अध्यक्षमा चयन भएका हुन्। उनले गभर्नर डा. चिरञ्जिवी नेपालबाट पद तथा गोपनियताको सपथ लिइसकेका छन्।अधिकारी अर्थमा रहँदा अर्थमन्त्री डा. युवराज खतिवडा नजिक भएर काम गरेका थिए।
तपाईको प्रतिक्रिया