logo

सरकारले लक्जरी गुड्सका वस्तु आयातमा रोक लगाउने, राष्ट्र बैंकद्वारा एलसीमा कडाई

    1206   पटक पढिएको

२३ मंसिर /अर्थ र  व्यापार  - सरकारले लक्जरी गुड्स(विलासिता)का वस्तु आयातमा रोक लगाउने भएको छ । विदेशी मुद्राको संचिती घट्न थालेपछि विलासिताका वस्तुको आयातमा रोक लगाउन खोजिएको हो । राष्ट्र बैंकले विलासिताका वस्तुको आयात रोक्न आवश्यक अध्ययन थालिसकेको छ ।

देशलाई अत्यावश्यक नभएका विलासिताका वस्तुको आयात रोक्न अध्ययन थालिसकीएको र ती वस्तुको आयातको तथ्यांक हेरेर अघि बढ्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बताए । विकास निर्माणका वस्तु आयात गर्नै समस्या आउने देखिएपछि विलासिता र अनुत्पादक साधनहरु आयातमा कडाइ गर्न खोजिएको छ । बाणिज्य बैंकहरुबाट आयातका लागि खोलिने प्रतितपत्र (एलसी)मा कडाइ गर्नेछ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि त्यस्ता वस्तुको आयात निरुत्साहित गर्न परिमाणात्मक बन्देज(क्वान्टिटेटिभ रेस्ट्रिक्सन) लगाउने श्रेष्ठले जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विलासिताका वस्तु आयातको ग्राफ बढ्दो क्रममा रहेको भन्दै बैंकका प्रमुख कार्यकारीहरुलाई उपभोगमूखी आयातमा कडाइ गर्न आग्रह गरिसकेका छन् । बैंकहरुले विलासिताका सामान आयातमा एलसी खोल्न थालेपछि देशको पैसा बाहिरिएको र आन्तरिक रुपमा तरलता अभाव चर्किएको विश्लेषण अर्थ र राष्ट्र बैंकको छ । अर्थमन्त्रालयको सुझाबमा राष्ट्र बैंकले निजी सवारी साधनको ऋण लगानीमा कडाइ गरिसकेको छ । मूल्यांकनको ६५ प्रतिशतसम्म गाडी कर्जा पाइँदै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमा झारिसकिएको छ । 

विदेश घुम्न जाने नेपालीको खर्चमा पनि कडाइ गरिएको छ । २५ सय डलरसम्म पाइने गरेकोमा यसलाई झारेर १५ सय डलर पुर्याइएको छ । यो वाहेक साधारण रुपमा आउने सामानलाई एलसी खोल्नुपर्ने व्यवस्था गरिएको छ । उच्च आयातका कारण कुल विदेशी विनिमय सञ्चितिले ५.२ प्रतिशतले घटेर ९ अर्ब ५६ करोडमा झरिसकेको छ । चालु खाता घाटा तीन महिनामै ८१ अर्ब ९६ करोड पुगिसकेको छ भने शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड पुगिसकेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार, तीन महिनामा कुल वस्तु निर्यात २३ अर्ब ७४ करोड हुँदा आयात तीन खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगिसकेको छ ।  उच्च आयातकै कारण विदेशी विनिमय सञ्चिति घटेको हो । श्रेष्ठका अनुसार नेपालमै उत्पादन हुने तरकारी फलफुलको आयात पनि बढ्न थालेको छ । यसको उत्पादन यही बढाउन सकिने हुदाँ समेत आयात भइरहेकाले त्यसलाई समेत रोक्नुपर्ने अवस्था आएको उनले बताए ।
औद्योगिक उत्पादनलाई आवश्यक पर्ने कच्चा पदार्थ, अत्यावश्यक सामग्रीलगायतको आयातमा कडाइ हुँदैन । अनावश्यक रुपमा  उपभोगका लागि आउने चकलेट, बिस्कुट, महँगा पर्फ्युम, शौन्दर्य प्रसाधान, नेपालमा सजिलै उत्पादन हुने कृषि उपजलगायतका सामग्री आयातमा परिमाणात्मक बन्देज लाग्ने छ ।

नचाहिने सामान आयात बन्द हुँदा हाम्रो विदेशी मुद्रा सञ्चिति घट्न पाउँदैन । यसबाट हामीले विकास निर्माणका लागि आवश्यक सामग्री खरीद गर्न सक्ने श्रेष्ठले बताए । उनका अनुसार देशमा आर्थिक विकासका कृयाकलाप बढ्न थालेकाले विदेशी मुद्राको सञ्चितिमा दबाब परिरहने छ । अहिलेको सञ्चितिले ७.९ महिनाको मात्र आयात धान्न सक्छ ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।