logo

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण निष्काशन

    1576   पटक पढिएको

१ माघ/ अर्थ र व्यापार
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL)  विगतका समयमा झै चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण निकाल्ने पहिलो कम्पनी बनेको छ । लघुवित्तको अधिकांश सूचकहरुमा आकर्षक बढोत्तरी भएको छ भने खुद नाफा १८ प्रतिशतले बढेको छ ।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्त कम्पनीको खुद नाफा पाँच करोड ६३ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८६ लाख १९ हजार रुपैयाँ बढी हो ।समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४५ करोड ६२ लाखबाट ६८ करोड ४३ लाख पुगेको छ भने जगेडा कोषको आकार ११ करोड ९३ लाखबाट १५ करोड ३० लाख पुगेको छ । खराब कर्जा अनुपात शुन्य प्रतिशत रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा रहेको छ ।

चुक्ता पूँजी वृद्धिका कारण लघुवित्तको इपिएस भने ४ रुपैयाँ ४५ पैसाले खुम्चिएको हो । गत आवको यसै अवधिमा २० रुपैयाँ २१ पैसा इपिएस रहेको थियो । थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले यस अवधिमा चार अर्ब ५७ करोड सापटी लिएर चार अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट कम्पनीको खुद ब्याज आम्दानी ९ करोड १२ लाख पुगेको छ । गत आवको यसै अवधिमा उसको खुद ब्याज आम्दानी ८ करोड पाँच लाख थियो ।

खर्चमा मितव्ययी बनेको यस कम्पनीको सञ्चालन नाफा ८ करोड ८४ लाख रहेको छ । गत आवमा यस्तो नाफा ७ करोड ४९ लाख थियो । माइक्रोफाइनान्सको वित्तीय विवरण अनुसार प्रति शेयर नेटवर्थ १२२ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ । कम्पनीले गत बर्षको मुनाफाबाट १२.६३ प्रतिशत (आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ) नगद लाभांश वितरण गरेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।